काठमाडौं ४ असार। सर्जक शेखर कोइरालाको नयाँ सांगीतिक कोसेली गजल’म त एउटा दिल दुखेको मान्छे’ सार्वजनिक भएको छ।
गायक राज सिग्देलको स्वर र संगीत रहेको गजलमा दीक्षित पौडेलको एरेन्ज छ। इजी इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ुम त एउटा दिल दुखेको मान्छेु को भिडियोमा अभिनेता पुष्प खड्का र समीक्षा पोखरेलको अभिनय छ।
भिडियो युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्। उत्तम हुमागाईं को सिनेमाटो ग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ।
रचनाकार शेखर कोइरालाको गीति कविता संग्रह ‘ममता’ सार्वजनिक भैसकेको छ भने गजल संग्रह ‘प्रेमाश्रु’ छिट्टै नै प्रकाशन हुँदै छ।