Logo
२१ वैशाख २०८१, शुक्रबार

खाल्डाखुल्डीरहित काठमाडौं, पाँच हजारलाई रोजगारी

अक्षरपाटी
२०८० असार ६ , बुधबार ०८:०६ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

महानगरप्रमुख बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन्। त्यस्तै उनले परम्परागत पेय पदार्जलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटेका छन्।

नीति तथा कार्यक्रममा मेयर बालेनले १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेका छन्। उनले अधकतम जनसंख्यालाई लाभान्वित हुनेगरी ३ वर्षमा सम्पन्न हुने १० वटा योजनालाई महानगरको गौरवका योजना भनेका छन्।

सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरलाई पर्यटनमैत्री साँस्कृतिक शहर, समृद्ध सहरका रुपमा स्थापित गर्ने संकल्प नीति तथा कार्यक्रममा गरिएको छ। उ

नीति तथा कार्यक्रममा एक वर्षमा एक लाख बिरुवा रोप्ने, सबै सडक पक्की बनाउने र खाल्डाखुल्डीरहित काडमाडौ निर्माण गर्ने नीति समेटिएको छ।