Logo
२३ कात्तिक २०८२, आईतबार

काठमाडौंमा साउन १ देखि प्लास्टिक प्रतिबन्ध

अक्षरपाटी
२०८० असार ७ , बिहीबार १०:०६ मा प्रकाशित

काठमाडौं ७ असार। काठमाडौंमा आगामी साउनदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा साउन १ देखि प्लास्टि प्रयोगमा निषेध गरेको हो।

महानगरका मेयर बालेन शाहले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एकपटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने नीति समेटिएको छ।

४० माएक्रोन भन्दा पातला प्लास्टिकका झोलाको उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रतिबन्ध लगाइने भएको हो।

सरकारको वातावरण विभागले गत वर्ष असोजदेखि नै प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।