काठमाडौं ९ असार। प्रधानमन्त्री पुष्पकमल दाहालले युग अनुसारको संस्कृति निर्माण हुनुपर्ने बताएका छन्।
उहाँले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तन सापेक्ष विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हासिल हुने बताए।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै प्रधानमन्त्री दाहालले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने पनि बताए।
सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न त्यसैअनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि बढाउन जरुरी रहेको सुझाव उनले दिए।
‘कला, साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ’, उनले भने, ‘अबको सिर्जना, अबको अनुसन्धान केबल परम्परा धान्नेमा मात्रै सिमित हुनुहुँदैन।’