Logo
२८ असोज २०८२, मंगलबार

‘नदेख्दा तिमीलाई’मा केकीसँग रञ्जन

अक्षरपाटी
२०८० असार १९ , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं। गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वरमा सजिएको ुनदेख्दा तिमीलाईु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा शब्द डिपी खनालका रहेका छन्। संगीत नबिन कार्कीको छ। गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

रशिका कोइरालाको प्रस्तुति रहेको भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो।

नरेश कोइराला निर्माता रहेको गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।