Logo
२९ वैशाख २०८२, सोमबार

सृष्टिले उचालिन् ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि

अक्षरपाटी
२०८० असार २६ , मंगलबार ०८:०७ मा प्रकाशित

काठमाडौं। दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन्। १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।

२२ बर्षीया महर्जनले प्रतियोगीतामा शीर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सबटाइट समेत हात परेकी छन्।

‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तरौष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको महर्जनले बताइन्।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ। तयारी पनि त्यसैअनुसार थियो’, उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगतिामा सहभागी हँुदै गर्दा नर्भस पनि थिएँ। अन्ततः सफलता प्राप्त भयो।’

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन्। उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन्।

कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पारे ।

होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतलाई ताज लगाइदिएका थिए।