काठमाडौं। गायक दीपक बज्राचार्यले ‘प्रोजेक्ट नजिक’ को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक गरेका छ्न।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको संगीत रहेको ‘काँचो माया’ मा युवा अवस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ।
गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ।
चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ।