Logo
२९ वैशाख २०८२, सोमबार

‘हिंड्दा हिंड्दै’को टिजरमा झल्कियो प्रेम

अक्षरपाटी
२०८० असार २८ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं २८ असार। प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ।

भदौ १ गते प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर बिहीबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ।

उनीहरुको साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।

सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन, सानीयाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, बिशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन्।

बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्र सुमन तण्डुकारले खिचेका हुन भने तारा प्रकाश र किरण माइकलको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ।

राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन्। गौतमराज खड्काले सम्पादन गरेको चलचित्रको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन्।

‘हिड्दा हिड्दै’ लाई आरआर फिल्मस्ले बितरण गर्नेछ।