काठमाडौं १ साउन। गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको गीतमा शब्द गीतकार चन्द्र गिरीका रहेका छन। गीतमा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको छ।
गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ।
भिडियोमा गीतकार गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।