काठमाडौं,साउन ९ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन भारी वर्षाको सम्भावना रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यका लगायतका स्थानमा पनि भारी वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन,तनहुँ, नवलपरासी,पाल्पा, रूपन्देही, कपिलवस्तु,दाङ, प्यूठान, बर्दिया, कैलाली आसपास भारी बर्षा मापन गरिएको छ। उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले राजमार्ग अवरूद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल नारायणी, बबई, राप्ती र गण्डकीले खतराको तह पार गर्न लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार बिहीबार पनि देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।