जनकपुरधाम,१५ साउन । जनमत पार्टीका बिना विभागीय दुई मन्त्रीले राजीनामा दिएका छन् । मधेश प्रदेशका एक मन्त्री र अर्का राज्यमन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुमार कुशवाहा र राज्यमन्त्री संजय कुमार यादवले पार्टीको निर्देशनमा मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय कुशवाहाले सम्हालेकोमा जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवैजना बिना विभागीय मन्त्री थिए ।
दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ । जनमत पार्टीबाट मधेश प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री थिए । एसैगरी आजै साँझ ५ बजे मन्त्रिपरिषद पनि विस्तार गरिने भएको छ ।