Logo
२८ असोज २०८२, मंगलबार

‘फस्दै गएछु’ मा बाल मनोविज्ञानको चित्रण

अक्षरपाटी
२०८० साउन १६ , मंगलबार ०४:०८ मा प्रकाशित

काठमाडौं। किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक सुमन केसीको स्वरको ‘फस्दै गएछु’ बोलको गीतको म्युजिक भिडियो किड्स क्यापिटल नेपाल २०२३ दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रीमियर गरिएको हो।

प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौं यूरो स्कूलका निर्देशक तथा प्रिन्सिपल डा।दिपक गुप्ता तथा लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल यूरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए। उनीहरुले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडियो तयार भएको बताएका छन्।

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका छन्। भिडियोमा दिप्शन र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ।

डिपी खनालका शब्दहरुको गीतलाई देवेन्द्र बरालले संगीतबद्ध गरेका छन्। पुष्कर सुनुवार संगीत संयोजक हुन्।

फ्ल्याग अन मोशन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायांकन छ।

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्। शिशिर खातीले भिडियोको निर्देशन गरेका हुन्।