Logo
८ पुस २०८१, सोमबार

काठमाण्डौमा ट्याक्सी व्यवसायीको प्रदर्शन

अक्षरपाटी
२०८० साउन २५ , बिहीबार ०१:०८ मा प्रकाशित


काठमाण्डौ,२५ साउन । रातो प्लेटले यात्रु बोकेको विरोधमा काठमाण्डौमा ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक सङ्घको आयोजनामा बानेश्वरमा रहेको यातायात विभाग अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।

झण्डै तीन सय ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीले यात्रु बोक्न बन्द गर्नुपर्ने माग गरेका छन् ।

ट्याक्सी व्यवसायीको प्रदर्शनका कारण माइतीघर मण्डलादेखि तीनकुने कोटेश्वर सडक खण्डमा यातायात प्रभावित भएको छ ।

उनीहरूले निजी गाडीलाई भाडामा लगाउन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाण्डौ उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।