काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।
भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।