Logo
८ पुस २०८१, सोमबार

जनमत पार्टीबाट अनिता देवीले लिइन् मन्त्रीको शपथ

अक्षरपाटी
२०८० साउन २९ , सोमबार ११:०८ मा प्रकाशित

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्। सोमबार बिहान शितल निवासमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर शाहलाई सामान्य प्रशासन मन्त्रीमा सिफारिस गरेका थिए।शाह जनमतकी समानुपातिक सांसद हुन्। उनी सांसद बन्नु अगाडि गत वर्ष भएको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।

मोदीको काम सन्तोषजनक नदेखिएको र जनमत पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने भएकाले माओवादी केन्द्रको पदाधिकारी बैठकले फिर्ता उनलाई बोलाएको हो।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

यस अगाडि जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर सरकारसँग असन्तुष्ट जनाउँदै जनमत बाहिरिएको थियो।