Logo
८ पुस २०८१, सोमबार

भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो

अक्षरपाटी
२०८० साउन २९ , सोमबार १२:०८ मा प्रकाशित


भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । नौ जनाको शव भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भएको भीषण वर्षा हुँदा सात जनाको ज्यान गएको छ ।