काठमाडौं,३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बोलाएपछि ओली आज मध्यान्ह शितल निवासमा पुगेका हुन्। उनीहरुबीच संसदको गतिरोध र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
भेटको क्रममा राष्ट्रपति पौडेलले संसदमा भएको गतिरोधका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग चासो राखेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
भेटमा ओलीले एमालेले उच्च स्तरीय छानबिन समिति वा आयोगको गठनको माग राखेको तर सरकार गठनका लागि तयार नभएको बताएका थिए। ओलीले सरकारकै कारण संसद प्रभावित बनिरहेको बताए। राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न आग्रह गरेका थिए।
गत शुक्रबार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर दुबै सदन खुलाउन पहल गरिदिन आग्रह गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल ९६० किलो ७ सय १६ ग्राम जोख्दा सुन तस्करी प्रकरणको अनसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ।