Logo
१० कात्तिक २०८२, आईतबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

अक्षरपाटी
२०८० असोज ७ , आईतबार १२:०९ मा प्रकाशित

काठमाडौं,७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालको एकल इजलासमा तोकिएको मुद्दाको पेशी ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टीममा लामिछाने परेपनि जाने र नजानेबारे टुंगो लागेको छैन।

गत असोज १ गतेका लागि पेसी तोकिए पनि अदालत प्रशासनले केही न्यायाधीशको सरुवा र केही बढुवा भएर जान लागेकाले मुद्दाको पेशी स्थगित भएको जनाएको थियो।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। सो कागजात प्राप्त भएकाले आजलाई पेशी तोकिएको हो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ।