Logo
२८ वैशाख २०८२, आईतबार

गजल

अक्षरपाटी
२०८० असोज १३ , शनिबार ०६:०९ मा प्रकाशित

o शिवराज योगी

तिमीलाई शिरमा राखेकोछु प्रिया
मनको मन्दिरमा राखेकोछु प्रिया

स्वीकारेर हिंडेकोछु समयको सबक
रुमानी रहर तीरमा राखेकोछु प्रिया

इच्छा त कहाॅ हुन्छ अलग्गिन आफ्नासंग
सम्झनालाई मनको झीरमा राखेकोछु प्रिया

उम्कियर तिम्रै समिप जाउं भन्छ यो मन
धैर्यताको जन्जिरमा राखेकोछु प्रिया