Logo
१२ पुस २०८१, शुक्रबार

डाक्टर कुटिएपछि काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

अक्षरपाटी
२०८० असोज १४ , आईतबार ०५:१० मा प्रकाशित

काठमाडौं,१४ असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।

मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।