काठमाडौं । गायक किरण पुन्जले नयाँ सांगीतिक सौगात ‘निर्णय’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ।
सहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै फर्केको दृश्यहरु भिडियोमा समावेश गरिएको छ। गायक पुन्ज र सबीना गिरीको भिडियोमा अभिनय छ।
भिडियोमा नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन रहेका हुन।
राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ। भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो।
झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्।