Logo
२८ वैशाख २०८२, आईतबार

आनन्द कार्कीको दशैं कोशेली ‘कर र करार ‘

अक्षरपाटी
२०८० कात्तिक ३ , शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौं। सदावहार  गायक आनन्द कार्कीको स्वरमा ‘ कर र करार ‘ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा गीत तैयार भएको हो।

एक कार्यक्रमकाबीच  गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

गीतको अडियोतर्फ  निरज श्रेष्ठका संगीत संयोजन , भोला पौडेलको मिक्सिङ मास्टरिङ रहेको छ भने भिडियोतर्फ  गायक स्वयम  आनन्द कार्की, उषा उप्रेती, बिशाल बिष्ट, सोनिया राई ,सरस्वती तामाङको अभिनय , माही सिंहको श्रृङ्गार , रोमा लामाको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , उषा मलाहा ‘ सिमरन ‘को सहायक निर्देशन तथा राज कुमारको सम्पादन र निर्देशन रहेको छ ।

नृत्य र कथावस्तुलार्ई समेत ध्यानमा राखेर बनाईएको गीतको भिडियो आनन्द कार्की अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।