Logo
१५ वैशाख २०८१, शनिबार

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

अक्षरपाटी
२०८० कात्तिक २४ , शुक्रबार ०७:११ मा प्रकाशित

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक बलु तामाङ र गायीका शान्ति सुनारले आवाज भरेका छन् । गीतमा गणेश विक ‘गजल’ ले संगित भरेका छन् । गीतको सल्लाहकारमा नन्दकला आचार्य र सुन्दर तिवारी रहेका छन् ।

कोहलपुर नगरस्तरिय युवा क्लव संजाल, कोहलपुर बाँकेले उक्त गीत निकालेको हो । तानशेन रेकर्डिङ स्टुडियोले सम्पादन गरेको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट देखिन्छ । हेरौं म्युजिक भिडियो ।
https://youtu.be/XzUEZdwZJKI?si=DaPjMpVFRnau_eWJ