Logo
७ वैशाख २०८२, आईतबार

झापामा हात्तीको आक्रमणबाट डेढ महिनामा चारजनाले गुमाए ज्यान

अक्षरपाटी
२०८० पुस १३ , शुक्रबार १०:१२ मा प्रकाशित

झापा,१३ पुष । झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु भएको छ । योसँगै डेढ महिनाको अवधिमा हात्तीले चारजनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित सृष्टिटोल निवासी ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार बिहान १:४५ बजेतिर हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए । जङ्गलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा र जस्ताको छानो भएको घर भत्काई घरभित्र रहेका सामानहरू तोडफोड गरेको थियो।

घरमा हात्ती आएपछि राई छिमेकीहरूको सहयोगमा हात्ती धपाउन गएका थिए । सोही क्रममा हात्तीले राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा आक्रमण गरेको थियो ।

यसअघि हात्तीले हल्दिबारीमा दुईजना र दमकमा एकजनाको ज्यान लिइसकेको छ।