Logo
२४ वैशाख २०८३, बिहीबार

केपी ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु : रवि लामिछाने

अक्षरपाटी
२०८२ पुस ७ , सोमबार ०५:१२ मा प्रकाशित

काठमाडौं। एक टेलिभिजन अन्तर्वातामा केपी ओलीले ‘रवि लामिछानेलाई गुन लगाएकाे’ भनेर दिएको अभिव्यक्तिको जवाफ आज रवि लामिछानेले अदालत परिसरबाटै दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले काठमाडौं जिल्ला अदालतमा तारेख लिएर निस्कँदै गर्दा ओलीले लगाएको गुन तिर्न आएको बताएका हुन्।

‘केपी ओलीले गुन लगाएको भन्दै हिँड्नु भएको छ, त्यही गुन तिर्न अदातल धाइरहेको छु,’ सभापति लामिछानेले भने, ‘महिनामा सात जिल्लाका अदालतमा म धाइरहनुपर्नेछ । शरीरमा किला ठोकेजस्तो भएको छ। शरीरभरी विष बाँकी छ।’

ओलीले अन्तर्वाताका क्रममा आफूले रविलाई गुन लगाएको तर उनले बिर्सिएको अभिव्यक्ति दिएका थिए।

फाइल तस्विर