Logo
२६ वैशाख २०८२, शुक्रबार

‘आदत’मा प्रियाना र संजिवको रोमान्स

अक्षरपाटी
२०८० माघ १ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ।

गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ।

रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमीकाले आफ्ना लागि प्रेमीको साथ अपरिहार्य रहेको बताएकी छन् ।

गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, संजिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा. प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ।

डा. प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमीप्रेमीकोको रोमान्टिक प्रेमकथा देखाइएको छ ।

सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन्।