काठमाडौं। जातीय विभेदका घटनालाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला’को भिडियो सार्वजनिक गरेका छन्।
गीत तथा भिडियोलाई चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तराष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झासहित गायक ओम सुनार र मोडल एशिला बास्तोलाले सार्वजनिक गरेका हुन्।
पत्रकार शान्तिप्रियले भने, ‘मानिसहरु सबै एक भएकाले मनवबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत र भिडियो सान्दर्भिक छ।’
सामाजिक अभियान्ता खगेन्द्र सुनारले मुलुकमा जातीय विभेद नरोकिएको बताए । उनले उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै दलितहरुको ज्यान लिने क्रम जारी रहेको बेला यो गीतले त्यस्तो अपराध रोक्न मदत पु¥याउने विश्वास व्यक्त गरे।
गायक ओमकै अवधारणमा यो गीतको भिडियो तयार भएको हो। गीत मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ।
गीतको भिडियोमा मुख्य भूमिकामा पनि ओम आफैं छन्। उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको अभिनय छ।