काठमाडौँ । ‘आइसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन्।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन्।
अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागीता थियो। अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, व्यवसायिक फोटोग्राफर राजभाई सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापा लगायतको निर्णायले मोडल छानेका हुन्।
छानिएका मोडल आगामी चैत्र १६ (मार्च २९) गते होटल याक एण्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन्।
शोमा बिभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागीता रहनेछ। फेसन शोको म्यानेजमेन्ट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ।
अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’को आगामी सिजन आफुले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए।
‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो। बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अवको सिजमा आइसी कलेजका २०२१ ब्याजका बिद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन्।