काठमाडौँ,१२ माघ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दैछ ।
समुह(डी)मा रहेको नेपालको यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि शुरु हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार ब्यहोरेको थियो ।
अहिलेसम्म समुह(डी)मा न्यूजिल्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार ब्यहोरेका हुनाले आज हुने खेलको विजेता समुह(डी)बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुनेछ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।