माघ । भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा तेस्रो पटक डा सुमित्रा गौतम नियुक्त भएकी छन्।
भक्तपुर अस्पताललाई बाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनाइसकेकी डा गौतमलाई पुन सोही अस्पतालको बागडोर सम्हाल्ने जिम्मेवारी दिइएको हो।
बागमती प्रदेश सरकारले तेस्रो पटक डा गौतमलाई भक्तपुर अस्पतालको नेतृत्व गर्ने अवसर प्रदान गरेको हो।
सिन्धुली अस्पताल लगायत अस्पतालको मुहार फेर्ने काम गरिसकेकी विशेषज्ञ डा गौतमले यसअघि नै दुई पटक भक्तपुर अस्पतालको नेतृत्व गरिसकेकी छन्।
उनकै नेतृत्वमा रेफरल अस्पतालका रुपमा चिनिदै आएको भक्तपुर अस्पताल सुविधासम्पन्न मात्र होइन बाग्मती प्रदेशकै उत्कृष्ठा अस्पताल बनेको थियो।
२०७९ माघ २७ मा ११ औँ तहमा बढुवा भएकी विशेषज्ञ चिकित्सक डा गौतम प्रदेशअन्तर्गत नपर्ने भन्दै संघले काज फिर्ता लिएपछि बागमती प्रदेश सरकारले असन्तुष्टि जनाउँदै आएको थियो।
भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन मात्र होइन कोभिडका बेला देशकै राम्रो सेवा प्रदायक अस्पतालका रुपमा चिनाउन नेतृत्व लिएकी अस्पताल प्रमुखलाई फिर्ता लग्न प्रदेश सरकारसंग परामर्श नगरेको भन्दै प्रदेश सरकारले संघीय मन्त्रालयसंग असन्तुष्टि व्यक्त गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसँगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको हो।
भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले महत्वका साथ बिकास गरिरहेको छ।
डा गौतमको नेतृत्वमा सिन्धुली अस्पताल २०७४ मा उत्कृष्ठ भएको थियो भने २०७७ मा भक्तपुर अस्पताल पनि बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा भएको थियो।
डा गौतमकै कार्यकालमा भक्तपुर अस्पतालमा विभिन्न सेवा विस्तार, आईसीयू, एनआईसीयूलगायतका सुविधा मात्र होइन कोरोनाका विरामीको प्रसंसनीय उपचार भएको थियो।
डा सुमित्रा गौतम