Logo
२१ वैशाख २०८१, शुक्रबार

अष्ट्रेलियन राजदूत भोल्क डडेल्धुराको ‘बाजेको खिर’ पसलमा

सुदूरपश्चिममै चर्चित छ बाजेको खिर पसल

अक्षरपाटी
२०८० चैत्र ७ , बुधबार ०२:०३ मा प्रकाशित

डडेल्धुरा । सुदूरपश्चिममै चर्चित छ डडेल्धुरामा रहेको बाजेको खिर पसल।

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसलमा त्यो बाटो हिँडेपछि खिर नखाने बिरलै होलान्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली सम्मले उक्त पसलमा खिर खाइसकेका छन्।

सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पनि पुगेकी छिन्।

बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारिक फेसबुक पेजमार्फत भोल्क सो पसलमा गएर खिर खाएको जानकारी दिइएको छ।

‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीनवटा तस्विर राखेर उक्त फेसबुक पोष्टमा भनिएको छ।

सो खिर पसल स्वर्गीय शेरबहादुर देउवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो।

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएको सो पसल देशभरमै चर्चित छ।

अहिले उनका छोराले सोही व्यवसाय बाजेको खिर पसलकै नाममा सञ्चालन गरिरहेका छन्।