Logo
१५ वैशाख २०८१, शनिबार

इलाम र बझाङमा सत्ता गठबन्धनकै छुट्टाछुट्टै उम्मेदवार उठ्दै

अक्षरपाटी
२०८० चैत्र १४ , बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं, १४ चैत । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान बसेको पदाधिकारी बैठकले इलाम- २ र बझाङ प्रदेशसभा (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।

तर माओवादी केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन। यसैगरी नेकपा एकीकृत समाजवादीले इलाम-२ र बझाङमा उम्मेदवार उठाउने निर्णय गरेको छ। आज बिहान बसेको बैठकले दुवै ठाउँमा उम्मेदवार उठाउने निर्णय गरेको हो।

नेकपा एमालेले इलाम -२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेशसभा- १ मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

सोमबार बालुवाटारमा भएको एमाले,माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षबीच भएको छलफलमा सरकारमा सहभागी भएपनि तीन दल छुट्टाछुट्टै भएको भन्दै आ-आफ्ना उम्मेदवार उठाउन दलहरू आन्तरिक तयारीमा जुटेका हुन्।