Logo
१९ वैशाख २०८१, बुधबार

सेयरबजारमा ४ अर्बमाथिको कारोबार

अक्षरपाटी
२०८० चैत्र २७ , मंगलबार ०३:०४ मा प्रकाशित

काठमाडौँ,२७ चैत । सेयरबजार मंगलबार पनि बढेको छ। सूचक बढेको दिन कारोबार पनि उत्साहजनक देखिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ।

बजारमा ९७ लाख ८९ हजार ४ सय १६ कित्ता बिक्री भएको दिन ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँको कारोबार भएको हो।

योसँगै १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको र ९ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन।

होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहको सूचक घटे पनि बाँकी सबै हरियो छन्।