Logo
८ साउन २०८१, मंगलबार

सल्यानमा बस दुर्घटना,१३ जना घाइते

अक्षरपाटी
२०८१ वैशाख ५ , बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं,५ वैशाख । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।