Logo
२३ भदौ २०८१, आईतबार

सरस्वती प्रतीक्षा नयाँ कृति ‘स्व’ बजारमा

अक्षरपाटी
२०८१ असार ३ , सोमबार ०४:०६ मा प्रकाशित

काठमाडौं। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ुस्वु लोकार्पण भएको छ।

एक कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्वु स्व-अस्तित्वको खोजको कथा भएको बताइन्, ‘जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ।’

उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले थपिन्, ‘बौद्ध-दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ। बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा(शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ।’

उपन्यासबारे बोल्दै अर्का वक्ता घनश्याम खड्काले मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताए।

उनले भने, ‘त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध(दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो। जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन्।’

सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन्, ‘यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु।’

सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ रहेको छ।