Logo
८ साउन २०८१, मंगलबार

चलिरहेको पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

अक्षरपाटी
२०८१ असार ११ , मंगलबार ०९:०६ मा प्रकाशित

धनगढी,११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।