काठमाडौं। तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट सांगीतिक बजारमा सार्वजनिक भएका छन् ।
सांगीतिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूरबाट सार्वजनिक भएका हुन् ।
तिर्खा लाग्या पानी मुल,माया नमारे शिरफूल देउडा गीतलाई मोडेल कुँवरको युटुव च्यानल पुष्पजंगल कुँवरबाट सार्वजनिक गरिएको छ ।
शिरफुलमा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ । मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रीत शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पवीससँग मनकाकुरा साँटेका छन् ।
गीतको भावले भने, प्रेमी विदेश भासिन लागेर प्रेमिकालाई माया नमार्नु सँधै सम्झि रहनु, तिमी मेरो शिरफुल हौँ,भनेर मोडेल कुँवरले टिकटकर मिस पवीलाई फकाई रहेको गीतको म्युजिक भिडियोमा देखिएको छ ।
दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा छायाकंन भएको हो । लामो समय गुमनाम भएको मोडेल कुँवरले अब आफ्नो सांगीतिक यात्रा तीब्र गतिमा अघि बढ्ने बताएका छन् ।