Logo
८ साउन २०८१, मंगलबार

कुखुरा फर्मभित्रै भेटियो सञ्चालकको शव, कामदार पतिपत्नी फरार

अक्षरपाटी
२०८१ असार २७ , बिहीबार ०१:०७ मा प्रकाशित

विराटनगर, २७ असार। मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्रै सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईँको शव कुखुरा फर्मभित्रै भेटिएको हो ।

भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बजगाईँको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ । शरीरका अन्य भागमा चोट देखिएको छ ।

बजगाईँको कुखुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुईजना नै फरार छन् ।