Logo
१२ चैत्र २०८१, बुधबार

महिला एसिया कप : युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

अक्षरपाटी
२०८१ साउन ४ , शुक्रबार ०४:०७ मा प्रकाशित

काठमाडौं, ४ साउन । एसीसी महिला एसिया कपको पहिलो खेलमा युएईले नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको धम्बुलामा सोमबार टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनाए।

युएईलाई ११५ रनमै रोक्न कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। त्यस्तै सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक-एक विकेट लिइन्।

युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कभिसा इगोडेजले २२, समाइराले १३ र इशा ओजाले १० रन बनाइन्।