Logo
२५ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

अक्षरपाटी
२०८१ साउन ६ , आईतबार १०:०७ मा प्रकाशित

काठमाडौँ, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपाले भने विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन्।

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।नेपाली कांग्रेसले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ।