धनगढी । अत्यधिक वर्षापछि भएको डुबानको जोखिममा परेपछि कैलालीको जानकी गाउँपालिकाको गिरधरपुर र फरेलाका ५१ परिवारलाई सुरक्षित स्थानमा सारिएको सम्बन्धित वडाका जनप्रतिनिधिहरूले बताएका छन् ।
जानकी गाउँपालिका–४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरियाले गिरधरपुरका ३५ घर परिवारलाई शुक्रबार बिहान गिरधरपुरमा निर्माण गरिएको सुरक्षित ठाउँमा सारिएको बताए । यस्तै वडा नम्बर-७ फरेलाका १६ घर परिवारलाई पनि सुरक्षित भवनमा सारिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कैलालीका मोहना, खुटिया, कान्द्रा, घराहा, कटैनी, पथरियालगायतका नदीको जलसतह बढ्दो क्रममा रहेकोले आसपासका बासिन्दालाई सुरक्षित रहन सचेत गराएको छ ।