काठमाडौं । पूर्व लिच्छिविकालीन सहरका रुपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
कैलाशकूट सामाजिक अभियानको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सम्पदाविद्हरुले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।
संस्कृतिविद् जगमान गुरुङले पूर्वलिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेको बताउनुभएको छ ।
संस्कृतिविद् गुरुङले हाँडीगाउँ पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।
कैलाशकुट सामाजिक अभियानको दोस्रो साधारणसभालाई शनिवार सम्बोधन गर्दै हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण हुनुपर्ने बताउनुभयो । हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढ्नुपर्ने संस्कृतिविद् गुरुङले बताउनुभयो ।
धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कैलाशकुट सामाजिक अभियान काठमाडौं ५ एसइइ परीक्षामा उत्कृष्ट नम्बर ल्याउने दुईजना विद्यार्थीलाई समान स्वरुप एघार हजार रुपियँ प्रदान गरेको थियो ।
कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरावस्थामा पुगेको बताए ।
अभियानका उपाध्यक्ष कैलाशराम प्रधानले पनि नेपालको सांस्कृति जगर्नेका लागि राज्यको ध्यान आकर्षित हुनुपर्ने माग गर्नुभयो ।