Logo
६ असार २०८३, शनिबार

कांग्रेसकाे कारवाही : ‘…छिमेकीको पसल चलाउने रणनीति’- नेता भण्डारी

अक्षरपाटी
२०८२ असार २६ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले पार्टी सदस्यलाई गरेको अनुशासनको कारवाहीप्रति नेता चन्द्र भण्डारीले आपत्ति जनाएका छन्।

पार्टी र प्रसंसकमाझ तार्किक, विचारशील, निष्ठावान नेताका रुपमा चिनिने नेता भण्डारीले पार्टीले गरेको अनुसानको कारवाही ‘पोहेर मरिन् सासु, अहिले आए आँशु’ भनेजस्तै बेमौसमी बाजा भएको समेत बताएका छन्।

सामाजिक सञ्चालमा आक्रोस पोख्दै नेता भण्डारीले यो बेमौसमी बाजा भएकाले यसप्रति गम्भीर आपत्ति रहेको समेत बताएका छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै भनेका छन्, ‘यो अपरिपक्व निर्णय हो। यस्ता निर्णलेले आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति देखिन्छ। यस्तो निर्णय तुरुन्त फिर्ता गर।’

अनुशासनको कारवाही डा चन्द्र भण्डारी नेपाली कांग्रेस