Logo
१६ भदौ २०८२, सोमबार

बाढीपहिरोले ३४ राजमार्गमा क्षति, बनाउन झण्डै २५ अर्ब लाग्ने

अक्षरपाटी
२०८१ असोज १७ , बिहीबार ०४:१० मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे। मन्त्रालयद्वारा सार्वजनिक गरिएको ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ। तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ।

हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनस्स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ।

प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ। मन्त्रालयले प्रेस मिटमा क्षति पुगेका सडकरपुल खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ।

५ वटा मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध छ। पहिरो हटाउनुका साथै कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम्पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।