काठमाडौं । दसैँका लागि घर फर्किने यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिने ६ जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरा, दमैली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूले तोकिएको भन्दा प्रतिव्यक्ति एक हजारदेखि १५ सयसम्म भाढा बढी लिएको खुलेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
काठमाण्डुबाट पोखरा, दमौली, लमजुङ, खैरेनी जाने यात्रुबाट बढी भाडा लिएको अवस्थामा चालक र सहचालक पक्राउ परेका छन् ।
गृह मन्त्रालयका अनुसार प्रहरीले गोरखाका डम्बर बहादुर आलेमगर, लमजुङका आयुष तामाङ, तनहुँका राजु विक र मिलन विक, गोरखाका दिपकबहादुर नेपाली तथा नुवाकोटका प्रकाश मगरलाई पक्राउ गरेको छ ।