काठमाडौं । आइतबार र सोमबार लगातार घटेको सेयर बजार मंगलबार भने बढेको छ । आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स पनि ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको हो ।
नेप्सेका सबै सूचक बढ्दा पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएकोमा आज ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।