काठमाडौं । अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ ।
एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।