Logo
१९ जेठ २०८२, आईतबार

मनकामना जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ११ जना घाइते

अक्षरपाटी
२०८१ कात्तिक ९ , शुक्रबार ०३:१० मा प्रकाशित

काठमाडौं । धादिङको महादेववेशी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ। बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि महादेववेशीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटना