Logo
१५ पुस २०८२, मंगलबार

स्पेनमा बाढी, दुई सय मानिसको ज्यान गयो

अक्षरपाटी
२०८१ कात्तिक १७ , शनिबार ०४:११ मा प्रकाशित

एजेन्सी। स्पेनमा बाढीका कारण अहिलेसम्म कम्तिमा २ सय जनाको ज्यान गएको छ ।

अझै धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । आपतकालीन टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्।

स्पेनमा सबैभन्दा बढी मृत्यु भ्यालेन्सिया क्षेत्रमा भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

सरकारले बाढीको खतराबारे पहिल्यै सचेत गराएको भए यस्तो विनाश नहुने भ्यालेन्सियाको अल्डाया सहरमा बस्ने जुआन गोन्जालेजले बताए।

उनले, ‘यहाँको क्षति विनाशकारी छ। यो एक क्षेत्र हो जहाँ आकस्मिक बाढीको सम्भावना थियो। तर हाम्रो सरकारले यसलाई रोक्न केही गरेन।‘ भनेर बीबीसीले समाचारमा उल्लेख गरेको छ