Logo
२३ भदौ २०८३, मंगलबार

प्रधानमन्त्री कार्कीले भनिन् : पर्वहरुले आपसी सद्भाव बढाउँछ

अक्षरपाटी
२०८२ पुस १५ , मंगलबार १०:१२ मा प्रकाशित

काठमाडौं। आज तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्व धुमधामका साथ मनाउँदैछन्।

सो पर्वका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले पर्वहरुले आपसी एकता, भाइचारा, शान्ति र सद्भाव बढाउन प्रेरणा मिलोस भन्ने कामना गरेकी छन्।

एक शुभकामना सन्देशमार्फत उनले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्। पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्की